काठमाडौं। सरकारले आज सर्वजनिक बिदा दिएको छ । नेवार समुदायले मनाउने किजा पूजा अर्थात् भाइटीकाको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो ।
नेवार समुदायको परम्परा अनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने प्रचलन रहेको छ । हिजो नेवार समुदायले दिनभर धुमधामसँग नेपाल सम्बत मनाइ बेलुका म्हपूजा गरेका छन् भने आज किजापूजा (भाइटीका) गर्ने गरेका छन् ।
तर यसपटक भने नेवार समुदाय नै म्ह पूजाका विषयमा विवादित बन्यो । तिथि विवादका कारण भक्तपुर र ललितपुरका अधिकांश स्थानमा सोमबार नै म्ह पूजा गरिएको थियो भने काठमाडौं, बनेपा, कीर्तिपुर, पाटन लगायका स्थानमा हिजो म्हपूजा गरिएको थियो । सोमबार म्हपूजा गरेकाले हिजो नै किजापूजा गरेका छन् भने अन्य स्थानमा बुधबार (आज) किजापूजा गरिदैँछ ।



लाेकपाटी न्यूज
