काठमाडाैं, १० कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन्। उनले सरकारलाई बदनाम गराउन लाग्नेप्रति प्रतिवाद गर्न पनि अपिल गरेका छन्।
नेपाल सम्बतको अवसरमा आयोजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले परिर्वतन विरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताए। उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन्।’
उनले राष्ट्रका लागि राजनीतिक स्थायीत्व जरुरि रहेकाे बताए। उनले भने, ‘हाम्रो राष्ट्रका निम्ति राजनीतिक स्थायित्व जरुरी छ र तपाईंहरूले यस्ता प्रवृत्ति (बलियो सरकार भएको हेर्न नचाहने) विरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्छु ।’
राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समोवशिता ल्याउन सबैको भूमिका रहेको तर काठमाडौं उपत्यकाका जनता निर्णायक भएको उनले बताए। उनले भने, ‘अरूलाई कम भन्न खोजेको होइन तर परिर्वतनलाई पछाडि फर्काउन खोज्ने, जनतामा भ्रम सिर्जना गर्न खोज्ने प्रवृत्ति राष्ट्र र जनताको विरुद्धमा छ भन्ने तपाईंहरुले जत्ति अरूलाई बुझाउन गाह्रो छ ।’
उनले आफू प्रधानमन्त्री हुँदा नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरे पनि सरकारले व्यवहारमा लागू नगरेको भन्दै असन्तुष्टि जनाए ।



लाेकपाटी न्यूज

