‘मोति बाहिर चम्किन्छ तर पुस्तक हृदयमा चम्किन्छ’

Mahatma gandhi-2
लाेकपाटी न्यूज

महात्मा गान्धी भारतीय स्वतन्त्रता संग्रामका नायक हुन्। उनलाई विश्वका अहिंसावादी नेताका रुपमा चिनिन्छ। पढौं गान्धीका ८ सारगर्भित भनाइहरु।

१. जहाँ प्रेम हुँदैन, त्यहाँ जीवन पनि हुँदैन।

२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो।

३. पुस्तक र मोतिमा यति फरक छ कि मोति बाहिर चम्कन्छ भने पुस्तक अन्तरस्करणमा।

४. विद्याका साथ जीवनको आदर्श केही उच्च हुँदैन भने पढ्नु व्यर्थ छ।

५. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन। क्षमादान गर्नु बलिष्ठ व्यक्तिको गुण हो।

६. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सथ्य नै हुन्छ।

७. मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ, ऊ जे सोच्दछ।

८. तिमी यसरी बाँच भोलि नै मर्दैछौं, तिमी यसरी सिक कि तिमी सधैंभरि बाँच्नेछौं।