काठमाडौं, ९ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार अहिले सहि दिशामा रहेकोले अब परीणाम देखिने स्पष्ट पारेका छन्। उनले अब जनताले देखिनेगरी विकास र समृद्धिको अनुभुति गर्न पाउने पनि बताए।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘०७४/०७५ आधार वर्षको रुपमा लियौं, २०७५-०७६ योजना वर्षको रुपमा लिएर अघि बढेका हौं। यो सरकार सबै मोर्चामा प्रत्येक दिन एक कदम अगाडि बढिरहेको छ। यो सरकार गठन भएदेखि हामी एक कदम अगाडि बढिरहेका छौं ।’
उनले काठमाडौं उपत्यकाको सडक भनेर कहिलेकाहीँ सामाजिक सञ्जालमा भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको फोटोहरु पनि सार्वजनिक गर्ने गरिएकोमा गुनासो पोखे। आफूहरुले त्यसलाई पनि नकारात्मक रुपमा नलिएको स्पष्ट पारे। ‘यो देखेर हामी सतर्क हुन्छौं, प्रत्येक राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न भएका छन्। हुलाकी राजमार्ग, मदन भण्डारी मार्ग, मध्य पहाडी राजमार्ग, महेन्द्र राजमार्गलगायतका राष्ट्रिय राजमार्गहरु समयभन्दा पहिले नै सम्पन्न गइरहेका। कामले गति लिएको छ। काठमाडौं उपत्यकाभित्र सडकमा धेरै समस्या छ।
तर, राष्ट्रिय राजमार्गको बारेमा हामीले समयभन्दा पहिले काम सम्पन्न गर्न गइरहेका छौं। हुलाकी राजमार्ग सम्पन्न गर्न गइरहेका छौं। महेन्द्र राजमार्गको कुरा गर्दा बुटवलदेखि–काकँडाभिट्टासम्म ८ लेनको बन्दैछ। बुटवलदेखि नारायणघाटसम्म काम सुरु भैसकेको छ। मैले विभागलाई निर्देशन दिएको छु।
हो, युद्धस्तरमा काम भएको छैन्। तर, काम सुरु भएको छ। कमलादेखि कन्चनपुरसम्म, पथलैयादेखि कमलासम्म, कन्चनपुरदेखि काँकडाभिटटा काम भैरहेको छ । ६ लेन त हामी समयभन्दा पहिले सम्पन्न गर्न गइसकेका छौं।’ रेलमा पनि आफूहरुले लक्ष्यअनुसार काम गरिरहेको उनको दावी छ। ‘पूर्व–पश्चिम रेलमार्ग निर्माणको पनि काम सन्तोषजनक छ।



लाेकपाटी न्यूज

