काठमाडौं, ९ कात्तिक। तिहार तथा छठलाई लक्षित गरी नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवा सुविधा दिने भएकाे छ। गत बर्षहरुमामा जस्तै यस बर्ष पनि टेलिकमले विभिन्न सेवा सुविधा दिने भएको हाे ।
टेलिकमले रिचार्ज गर्दा बोनस दिने सुबिधा उपलब्ध गराउन लागेको छ । आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यो भने पहिले पनि नेपाल टेलिकमले फोरजी–एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरहरुलाई निरन्तरता दिँदै आइरहेको छ।
यस योजना अन्तर्गत ५०/१०० र २०० को रिचार्ज गर्दा १०५ र ५०० या १००० को रिचार्ज गर्दा २०५ सम्म बोनस प्राप्त हुनेछ। रु ५०, १०० र २०० को बोनस तीन दिनभित्र र रु ५०० र १००० को बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्ने समेत बताईएको छ।
त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ ।



लाेकपाटी न्यूज

