काठमाडौं, ८ कात्तिक। कर्णाली र तिला नदीमा रहेका तुइनमा झुन्डिएर जोखिमपूर्ण नदी वारपार गर्नुपर्ने बाध्यताबाट कालिकोटवासी मुक्त भएका छन्। सरकारले चार वर्षअघि तुईन हटाउने घोषणा गरेर अभियान संचालन गरेपछि कालिकोटमा तुईन हटाइ ठाँउठाँउमा झोलंगे पुल निर्माण भएका हुन्।
राज्य पक्ष र तत्कालीन नेकपा माओवादी पक्ष विचको सशस्त्र द्वन्द्वमा क्षतिग्रत तिला र कर्णाली नदीका ६ वटा पुल शान्ति प्रक्रिया सुरु भएलगत्तै २०६४ सालमा बनेपनि अन्य ठाउँमा हालिएका तुइन हटाउन सकिएको थिएन।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशभरका तुइन विस्थापन गर्ने कार्य योजनासहित काम सुरु गरिएपछि कालिकोटमा उक्त उपलब्धि भएको जिल्ला समन्वय समितिका प्राविधिक कम्वरबहादुर वमले बताए। पुराना तुइन नहटाइएपनि प्रयोगविहीन बनेका छन्।
‘कालिकोट अब तुइन मुक्त भयो तर, तुईनमुतm जिल्ला घोषण हुन भने अहिलेसम्म सकेको छैन, प्राविधिक वमले भने, ‘मुख्य नदी र ठूला खोलामा तुइन हटिसकेका छन्।’ उहाँले केही ठाउँमा स्थानीयले नदीपारिको घाँस दाउरा ओसार पोसार गर्न लठ्ठा हालेको भएपनि झोलंगे पुल निर्माण गर्ने परियोजनाहरुको रेकर्डमा कतै तुइन छैनन्।
विगतमा दुर्गम क्षेत्र विकास समिति, जिविस लगायतले पुल निर्माणमा सहयोग गरेको भएपनि चार वर्ष यतादेखिको अवधिमा बनेका धेरैजसो नेपाल सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको सहयोगका कालीकोटमा तुइन हटाइएका छन्। प्राविधिक वमका अनुसार कालिकोटमा पुराना र नयाँ गरी ७४ झोलुंगे पुल बनिसकेका छन्।
पुलको विकल्पमा बनाइएका तुइनबाट नदी तर्दा स्थानीयलाई सास्ती थियो। ०५८ यता तुइनबाट खसेर कालिकोटमै १० जना भन्दा बढीले ज्यान गुमाएका थिए। धेरै बढीका हातका औंला काटिएका छन्।
स्थानीय खुलालु, जारकोट, भात्तडी, लालीघाटको गेजबजार, जीतेबजार, लाफा, पान्तडी, पिली, भिग्मलगायतका ठाउँमा तिला र कर्णालीका पूरै तुइन विस्थापन भइसकेका छन्।
रहगाड, सान्नीगाड, फुगाड, तिपगाड, भर्तागाड, बालीगाड, झ्यागाडलगायत खोलामा पनि झोलुंगे पुल बनेको छ। तर, तुइन कतै हटाएका छन्भने, कतै हटाइएका छैनन्। नहटाइएका तुइन भने प्रयोगमा छैनन्। जिल्लामै सबैभन्दा बढी आवतजावत हुने खुलालु र जितेबजारको तुइन विस्थापन भएर झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका बासिन्दालाई निकै सहज भएको हेल्भटासका प्राविधिक अर्जुन विष्टले बताए।
कर्णाली नदीको खुलालु तुइनमा झुन्डिएर नदी सामान वारपार गदै आधा जिवन विताएका लालुका लोकबहादुर दर्जीले खुलालु पुल बनेपछि आउजाउमा सजिलो भएको सुनाए। लोक बहादुर मात्र होइनन्न्, लालुकै स्थानिय रोमन विष्टले वर्षांैदेखि बन्न नसकेको पुल दुई वर्षअघि सरकारले तुइन विस्थापन योजना ल्याएपछि पुल बनाउने काम सुरु भएर ९ महिनाअघि उद्घाटन भएको सुनाए।



लाेकपाटी न्यूज

