काठमाडाैं।हुन त अरुका कुरा सुनेर मात्रै मान्छेले प्रगति गर्न वा सुध्रिन गाह्रो हुन्छ । तर, यसो भन्दैमा इतिहासका विशेष व्यक्तित्वहरुलाई नजरअन्दाज गर्न पनि मिल्दैन । राम्रा मान्छेहरुको अनुभव र तिनीहरुले दिएका अर्ति उपदेशहरु साँच्चै नै जीवन उपयोगी हुन्छन् ।
हाम्रो नेपाली समाजमा त अर्ति जति सानाको पनि सुन्नु भन्ने भनाइ नै छ भने झन् महान् व्यक्तिहरुको प्रेरक विचारहरु नसुन्नु वा नपढ्नु त गल्ति नै हुन्छ । संसारमा केही त्यस्ता व्यक्तित्व पनि छन्, जसकाे एक प्रेरक भनाइले नै तपाइँकाे जीवनमा सकारात्मक परिवर्तन हुन सक्छ।
ती विश्व प्रसिद्ध व्यक्तित्वमध्ये विश्वप्रसिद्ध महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि एक हुन्। उनकाे एक एक भनाइले मान्छेलाइ सकारात्मक उर्जा दिन्छ। उनका केही भनाइहरूः
१. अप्ठ्यारोको बीचमा नै अवसर लुकेको हुन्छ ।
२. जसले जीवनमा कुनै गल्ती नै गरेन, उसले जीवनमा केही गर्ने प्रयास नै गरेन ।
३. जीवन साइकल चलाए जस्तै हो । ब्यालेन्समा राखिराख्न तिमी हिँडिराख्नुपर्छ ।
४. सफल मानिस होइन असल मानिस बन्ने प्रयास गर ।
५. अरुको लागि बाँचेको जीवन मूल्यवान हुन्छ ।
६. कल्पना, ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ ।
७. यो होइन म धेरै ‘स्मार्ट’ छु , साँचो त यो हो कि म समस्याहरुसँग लामो समयसम्म लडिरहन्छु ।
८. अनुभव नै ज्ञानको स्रोत हो ।
९. डुंगा नदी किनारमा सुरक्षित रहन सक्छ । तर, डुंगा बनाउनुको उद्देश्य त्यो होइन।
१०. जबसम्म प्रयास गर्न छोड्दैनौ, तबसम्म तिमी असफल भएको मानिदैनौ ।
११. हामीले जब हामीमा भएको सिमिततालाई स्वीकार्छौं, तब त्यसलाई जितेर अगाडि बढ्न सक्छौं ।
१२. हरेक व्यक्ति सक्षम हुन्छ । तर, यदि तिमीले माछालाई रुख चढ्न नसकेको आधारमा मूल्यांकन गर्छौ भने उसलाई सधैं असक्षम ठान्नेछौ ।
१३. पहिले तिमीले खेलको नियम राम्रोसँग बुझ्यौ भने मात्र त्यो खेल अरुले भन्दा राम्रो खेल्न सक्छौं ।


लाेकपाटी न्यूज

