विकास निर्माणमा सक्रिय जनसहभागिता आवश्यक छ : मन्त्री अर्याल

Padma Aryal
लाेकपाटी न्यूज

काठमाडौं, ७ कात्तिक। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता जरूरी रहेको बताएकी छिन्। काठमाडौं बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं स्थापना दिवसको सन्दर्भमा आयोजित बचत तथा ऋण सहकारीहरुको संस्थागत विकासमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आज मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

हामी यहीँ बसिरहेकाले परिवर्तनको अनुभूति गर्न नसकेपनि बाहिरबाट आउनेहरूले केही न केही परिवर्तनको अनुभूति गरेको मन्त्री अर्यालले बताइन्। अबको यात्रा भनेको समाजवादउन्मुख यात्रा भएको भन्दै उनले त्यसैले अब हरेक क्षेत्रमा समाजवाद उन्मुख कार्यक्रम चाहिने बताइन्।

मन्त्री अर्यालले सहकारी संस्थाहरु पनि समृद्धिलाई अगाडि बढाउने दिशातर्फ हुनुपर्ने बताइन्। तपाईहरूसँग पूँजी र मानवस्रोत पनि प्रशस्त छ । त्यो स्रोतलाई उत्पादनमा, उद्योगमा लगाउनुसु, मन्त्री अर्यालले भनिन् सहकारीसँग धेरै सामथ्र्य छ। सामथ्र्य अनुसार काम गर्नुस्। विकासको ठेक्का सरकारको हो भन्ने मानसिकता हामीमाँझ रहँदासम्म प्रगति गर्न नसकिने भन्दै उनले हरेकको विकास निर्माणमा सहभागीता हुनुपर्ने बताइन्। सरकारले योजना दिन्छ र केही रकम दिन्छ।

त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौं। हामीले रिजल्ट पाउन सक्दैनौं, उनले भनिन्।  समृद्धिको यात्रा जनस्तरबाट शुरु गर्ने कार्यको थालनी गर्नुपर्ने भन्दै उनले विकास निर्माणमा सक्रिय जनसहभागीता हुनुपर्ने बताइन्।

सहकारीको ठूलो मेनपावरलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने भन्दै उनले सबैभन्दा बढी गरीब भएका स्थानहरु छानेर सहकारीले गरीबी उन्मुलन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।  अहिले पनि १७.७५ गरीब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरीबी उन्मुलनमा सहकारीको पनि भूमिका हुनुपर्ने बताइन्।

मन्त्री अर्यालले केही काम गर्नका निम्ती सहकारी तथा नीजि क्षेत्रलाई कानूनमा रहेका बाधा सरकारले फुकाउने बताइन्। सहकारी फार्म, कृषि फार्म, उद्योग खोल्नका निम्ती कानूनमा रहेको समस्यालाई सरकारले फेर्दै गएको उनको भनाइ थियो। हिजोका विकास विरोधी कानून परिवर्तन गर्दै विकासमैत्री कानून सरकारले निर्माण गरेको छ। अझैपनि केही समस्या भएमा हामी त्यसलाई परिवर्तन गछौं, मन्त्री अर्यालले।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्