कार्यकर्ता आक्रमणप्रति सत्तारुढ नेकपाद्वारा भत्र्सना

ghaite
लाेकपाटी न्यूज

जाजरकोट, ६ कात्तिक। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले आक्रमण गरेकोभन्दै आपत्ति जनाएको छ।

आज बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछ, आक्रमणकारीलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ।’