मुसा पालेर किन बसेकी छन् यी महिला ?

san_diego
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा एक महिलाले आफ्नो भ्यानमा ३ सय मुसा पालिरहेको समाचार बाहिर आएको छ। तर, अब यी मुसाहरुलाई पाल्न अरुले नै लैजाँदै छन्।

महिलाले अब आफ्नो अवस्था झन् बिग्रिएको भन्दै मुसाहरुलाई बाहिर लैजान बताएकी हुन्। उनले आफूसँग घर नभएको पनि बताएकी छिन्। घर नभएकाले नै उनी भ्यानमा नै बस्दै आएकी थिइन्।

उनले सुरुमा दुई मुसा पाल्न थालेकी थिइन्। ती दुई मुसालाई उनले नाम पनि दिएकी थिइन्– ज्याकब र रिचेल। त्यसपछि उनीहरुले जन्माएका सन्तानले नै आफ्नो भ्यान भरिन थालेको ती महिलाले बताएकी छिन्।

ती महिलाले धेरै मुसा भएपछि आफ्नो भ्यानको तार काटिदिएको र अवस्था अत्यन्त कमजोर बनाइदिएको पनि बताएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्