पौडेल हत्या प्रकरण : संलग्न प्रहरीविरूद्ध मुद्दा चलाउन मानव अधिकार आयोगको निर्देशन

kumar poudel
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्या प्रकरणबारे दोहोरो भिडन्तमा मृत्यु नभएको निश्कर्ष निकालेको छ । घटनाबारे आयोगले स्थलगत अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ अनावश्यक प्रहरीको बल प्रयोगबाट भएको निष्कर्ष निकालेको हो ।

घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन आयोगले सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोग स्रोतले जनाएको छ । अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाए पछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुवै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा भएको भनिएको दोहोरो भिडन्तमा पौडेल मारिएका थिए । उक्त  घटनालाइ प्रहरीले दोहोरो भिडन्त भने पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नै घटनाका विषयमा प्रश्न उठाएका थिए । त्यस्तै घटनालाई लिएर प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।

मानवअधिकार आयोगको प्रेस विज्ञप्तिः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्