सी चीनफिङ र नरेन्द्र मोदी चढ्ने कार, कसकाे बढी शक्तिशाली ?

प्रधानमन्त्री मोदी र सी चीनफिङले चढ्दै आएका कार कस्ता छन् भन्ने कुरा सबैकाे खुल्दुलीकाे विषय पनि हाे। यी दुबै नेताहरू जस्तै उनीहरूका कारहरू पनि शक्तिशाली र सुविधा सम्पन्न छन्। अब हेराैं, भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपतिको कारमा कसको बढी खतरनाक र शक्तिशाली कार होला ?
लाेकपाटी न्यूज

एजेन्सी। असोज अन्तिम साता चिनियाँ राष्टपति सी चीनफिङ भारत हुँदै नेपालको भ्रमण गरेर फर्किए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर काठमाडौं आइपुगेका उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।

मोदी र सी दुबै विश्वव्यापी राजनीतिमा शक्तिशाली नेताहरू हुन्। सी विश्वमा उदाउँदै गरेको विश्वमहाशक्ति राष्टको नेता हुन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि ती छानिएका विश्वव्यापी नेताहरू मध्ये एक हुन्। जसको लोकप्रियता समाजिक सञ्जालमा पनि उच्च छ ।

प्रधानमन्त्री मोदी र सी चीनफिङले चढ्दै आएका कार कस्ता छन् भन्ने कुरा सबैकाे खुल्दुलीकाे विषय पनि हाे। यी दुबै नेताहरू जस्तै उनीहरूका कारहरू पनि शक्तिशाली र सुविधा सम्पन्न छन्। अब हेराैं, भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपतिको कारमा कसको बढी खतरनाक र शक्तिशाली कार होला ?

यस्ता छन् यी कारका विशेषताः

प्रधानमन्त्री नरेन्द्र मोदी बीएमडब्ल्यू 7 Series 760 Li High Security Edition मा सवार छन्। यो कार आफ्नो सुरक्षाका लागि विश्वमा चिनिन्छ, जसलाई गोली र बमले असर गर्दैन।

BMW 7 Series मा ४४ क्यालिब्रेसन म्याग्नुम ह्यान्डगन्स र एके ४७ जस्ता स्वचालित हतियारहरूले आक्रमण गरे पनि यस भित्रको मान्छे बच्न सक्छ। यसमा २० इन्चको बुलेट प्रूफ टायर हुन्छ जसमा बुलेटले असर गर्दैन। यसबाहेक यसमा ग्यास र रासायनिक आक्रमणको समेत कुनै प्रभाव पर्दैन। यसको अक्सिजन आपूर्तिमा किट पनि प्रदान गरिएको छ। यसको मतलव यो कार चलिरहेको ट्रयांक हो ।

पीएम मोदीले २०१० रेन्ज रोभर एचएसईको पनि प्रयोग गर्छन् । यसको मानक संस्करणमा जगुआरले ५.० लिटर, सुपरचार्ज भी८ इञ्जिन प्राप्त गराएको छ । यस गाडीमा पनि बुलेट र बमले केही असर गर्न सक्दैन।
ल्याण्ड क्रूजर भारतमा टोयोटाको सबैभन्दा महंगो कार हो । यसमा पावरको लागि ४.५, ४.५ लिटरको भी ८ इन्जिन हुन्छ । यो कार पनि प्रधानमन्त्री मोदीले प्रयोग गर्ने गरेका छन् ।

चिनियाँ राष्ट्रपति शी जिनपिंग र उनको कार
चिनियाँ राष्टपति सीको कार पनि अत्याधुनिक रहेको देखिछ । विश्वका शक्तिशाली नेताहरुमध्ये एक सीका लागि गरिने सुरक्षा व्यवस्थापन चुस्त र भरपर्दो हुने गरेको छ । त्यसैले उनले चढ्ने कार पनि निकै सुरक्षित र भरपर्दो रहेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यसैले मानिसहरुलाई यो कारका बारेमा धेरै कम जानकारी छ । राष्टपति सीले चढ्ने यो कार कहीँ बेचिँदैन । चीनमा राष्टपति सीबाहेक अरू कुनै व्यक्तिले यो कार किन्न सक्दैन। चिनियाँ राष्ट्रपति सी चढेको कारको नाम हो ‘Hongqi N501’। यो कारको बारेमा कार निर्माता कम्पनी Hongqi को आधिकारिक वेबसाइटमा समेत कुनै जानकारी दिइएको छैन।

यो कारमा गोली र बमले कुनै प्रभाव पार्ने छैन। यसमा ४.० भी ८ को इन्जिन लाग्छ । यो गाडी १८ फिट लामो छ । यो कारमा ठूलो ईन्धन ट्यांक रहेको छ । जानकारी अनुसार Hongqi चीनको लक्जरी कार निर्माता कम्पनी हो । चीनमा यस नामको अर्थ रातो झण्डा हो, जुन वामपन्थीको पहिचान हो। यो कारको ठूलो क्रोम ग्रिल छ भने यसको केबिन एकदम ठूलो छ। यसमा धेरै प्रिमियम सुविधाहरू रहेका छन् ।

राष्टपति सी असोज अन्तिम साता नेपाल आउँदा यो खालको कार प्रयोग नगरिए पनि पनि यसरी नै सुरक्षा सतर्कता अप्नाइएको थियो । चाइना एयरको विमानमार्फत् काठमाडौं आएका चिनियाँ राष्टपति सी आउनुभन्दा एक दिनअघि चिनियाँ जनमुक्ति सेनाको विमानले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको रिक्की गरेको थियो ।