काठमाडौं, ४ कात्तिक। केहि दिन अघि बाँकेमा देखिएको फौजी किराको प्रकोपका बारेमा कृषिमन्त्री चक्रपाणी खनालसँग लामो छलफल गरेका बाँके १ का साँसद महेश्वर गहतराज अथकले आज आफ्नो निर्वाचन क्षेत्रमा एक विज्ञ टोलीसहित निरिक्षण गरेका छन्।
उनले आज बाकेका प्रमूख जिल्ला अधिकारी कुमार खड्का कृषि ज्ञानकेन्द्र बाकेका प्रमूख सागर ढकाल क्षेत्रीय कृषि तालिम केन्द्रका बाली बिज्ञ बशिष्ट आचार्य सहितको टोलीले निरिक्षण गरेका हुन्।
उक्त टोलीले डुडुवा गापाका र राप्तीसोनारी गापाको वडा नँ ६ र ७ मा निरिक्षण गरेका हुन्। निरिक्षण पश्चात संघीय साँसद अथकले किसानहरुको लागत क्षतिपूर्तिका लागि आफूले पहल गरिरहेको जनाउदै यसको तत्काल रोकथाम र दिगो समाधानको लागि सम्बन्धित निकायले यथाशीघ्र योजना बनाउन आग्रह गरेका थिए।
बाली विज्ञ बशीष्ट आचार्यले कृषकसँग पाकी सकेको धान यथाशीघ्र काटी तुरुन्तै खेत जोत्नु पर्ने बताउँदै औषधी उपचारको व्यवस्था मिलाइने जानकारी गराएका छन्। कृषि ज्ञानकेन्द्र बाकेका प्रमूख सागर ढकालले यस बिषयमा सचेतना बढाउनका लागी यथाशिघ्र तालिम सञ्चालन गर्ने बताए।
यस्तै निरीक्षणमा गएका प्रमूख जिल्ला अधीकारी कुमार खड्काले यसको रोक थामको लागि आफूले जस्तो सुकै कदम चाल्न तयार रहेको र यस प्रकोपको न्युनिकरणका लागि उच्च प्राथमिकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे। राप्ती सोनारी वडा नं. ६ ले गरको अनौपचारिक कार्यक्रममा आधिकांश किसानहरुले राहत र दिगो सामाधानको माग गरेका थिए।






लाेकपाटी न्यूज

