काठमाडौं, ४ कात्तिक। निर्वतमान सभामूख कृष्णबहादुर महरा साधारण तारेखमा छुट्ने संभावना बढेको छ। संसद सचिवालयका एक कर्मचारीमाथि यौन दुव्यवहार आरोप लागेका तत्कालीन सभामूख कृष्णबहादुर महरा साधारण तारेखमा छुट्ने संभावना बढेको हो।
महरामाथि लागेको अभियोग पुष्टि हुन नसके उनी साधरण तारेखमा छुट्ने लगभग पक्का भएको छ। हिजो अदालतमा उपस्थित भएर पिडित भनिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफ्नो कोठामा महरा सर नआएको र यौन दुव्यवहार नभएको भन्दै बयान दिएकी छिन्।
पीडित महिला रोशनी शाहीले आफू प्रहरीको दबाबमा परेर निवेदन दिन बाध्ये भएको बयानमा उल्लेख गरेकी छिन्। उनले महरा विरूद्ध दिएको निवेदन खारेजीको माग समेत गरेकी छिन्। यता सरकारी वकिल कार्यालयले ७ घण्टा लगाएर गरेको बयानमा महराले आफू रोशनीको कोठामा नगएको बयान दिएका छिन्।
‘रोशनीसँग पहिलादेखि चिनजान भएको साँचो हो, आफूमाथि लगाएको आरोप निराधार हो,’ महराको भनाई उद्धृत गर्दै सरकारी वकिल स्रोतले भन्यो। महराको भनाइ उद्धृत गर्दै सरकारी वकिल स्रोतले भन्यो, ‘म रोशनीको कोठामा गएकै छैन। सीसीटिभीमा समेत त्यो फुटेज छैन । ममाथि त्यसै आरोप लगाइएको हो । तर तीनकुने क्षेत्रमा कामले निस्किएको थिएँ ।’
महराले प्रहरीलाई साविती बयान दिन भने अस्वीकार गरेका छन्। पीडित महिलाले नै आफूमाथि यौन दुव्र्यवहार नभएको अदालतमा लिखित निवेदन दिएसँगै महरालाई सहज छुट्ने वातावरण सहज बनेको छ। रोशनीले प्रहरी वृत्त बानेश्वरमा शुरुमा आफूमाथि यौन हिंसा नभएको निवेदन दिएपनि पछि पुनः महरा विरुद्ध यौन दुव्र्यवहारको आरोपमा निवेदन दर्ता गराएकी थिइन्। त्यसयता उनले लगातार सञ्चारमाध्यममा फरक-फरक बयान दिँदै आएकी छिन्।



लाेकपाटी न्यूज

