काठमाडौं, ४ कात्तिक। प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबिचको छलफलमा आपसी तिक्तता मेटेर अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ।
भेटमा बलात्कार प्रयासको आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएसँगै खाली रहेको सभामूख चयन प्रक्रियाका बारेमा छलफल भएको जनाइएको छ।
ओली र प्रचण्डबिच पछिल्लो समय दूरी बढेको कुरा आइरहेका बेला भएको वार्तालाई महत्वपूर्ण रुपमा लिइएको छ। ओली र प्रचण्डबिच हिजो पनि छलफल भएको थियो।



लाेकपाटी न्यूज

