सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

Parbat gurung
लाेकपाटी न्यूज

काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आज आदेश दिएको हो ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेपछि दोलाखाका सांसद गुरुङ आज अदालतमा उपस्थित भएका थिए ।

२०७४ वैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो।

खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्