सांसद गुरुङ काठमाडौं जिल्ला अदालत उपस्थित

Parbat gurung
लाेकपाटी न्यूज

काठमाडौं, ३ कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोग लागेका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।

आज उनी अदालतमा उपस्थित भएको र उनको बयान सुरू भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए। २०४६ जेठमा काठमाडौंको चाबहीलमा खड्कालाई गुरूङसहितको समूहले आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनीविरूद्ध मुद्दा दायर गरेको थियो।

प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो। अदालतले जारी गरेको उपस्थित हुन आउने म्याद सहितको पक्राउ पुर्जी असोज ८ गते सांसद गुरूङले बुझेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्