आजको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, ३ कात्तिक। देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका धेरैजसो स्थानमा बिहानैदेखि बादल लागेर आकास धुम्मिरहेको छ। आज दिउँसोपख मध्य र पूर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ।

पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाव देखिएको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिस् देशभर सामान्य बदली रही मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्