प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने

PM_KP_Oli
लाेकपाटी न्यूज

काठमाडौं, ३ कात्तिक।  प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन्। अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै २५ अक्टुबरदेखि २६ अक्टुबरसम्म हुने सम्मेलनमा सहभागी हुन् प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जनाएको छ।

परराष्ट्रमन्त्रालयले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहनेछन्।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनश्चित गर्नका लागि बांडुग सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनको दौरानमा प्रधानमन्त्रीले जनरल डिवेटमा प्र सम्बोधन गर्ने तय भएको छ। परराष्ट्रका अनुसार, विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गर्नेछन्।

विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अगाल्दै आइरहेका छन्। नेपाललगायतका विश्वका यस्ता देशहरू लामो समयदेखि संगठित रहँदै आएका छन्।

सम्मेलनले १७ औं सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयन र नयाँ योजनाबारे छलफल गर्ने बताइएको छ।
प्रधानमन्त्री ओली २७ अक्टुबरमा नेपाल आइपुग्ने छन्।