सीको भ्रमण सफलतासँगै नेपालमाथि खतरा बढ्यो : नेता नेपाल

Madhab kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं, २ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सफलतासँगै नेपालमा खतरा पनि बढेको बताएका छन्।

हालै चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै सीको सफल भ्रमणसँगै खतरा पनि बढेको बताए। सञ्चार केन्द्र नेपालले आज काठमाडौंमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता नेपालले सबै ठूला राष्ट्रका आ-आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए।

नेपालले स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘धेरै माया ग¥यो भने खतरा हुन्छ। किन भने सबका आफ्ना–आफ्ना हितहरु हुन्छन्। हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन्। नेपाल यी सबै चिजबाट जोगिनुपर्छ।

नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ।’ उनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वा्चित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे।