नेपालको ‘सिख सम्पदा’ नामक पुस्तक विमोचन

gurunanak
लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक। भारतको नयाँ दिल्लीमा गुरु नानक देवको ५५० औं जन्म जयन्तिको अवसरमा नेपालको सिख सम्पदा नामक पुस्तक विमोचन भएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले कार्यक्रममा बोल्दै पृथ्वीनारायण शाहको नेपाल एकीकरणको पालादेखि गोर्खा-सिख सम्बन्ध रहेको बताए।

 नेपाली गोर्खाली सेना पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म पुगेको इतिहास सुनाउँदै गोर्खाली सेनालाई तत्कालीन समयमा नरोकेको भए आज भारतीय उपमहाद्वीपको नक्सा फरक हुने समेत बताए।

विशेष अतिथिका रुपमा भारत सरकारका केन्द्रीय आवास, शहरी मामिला, नागरिक उड्यनमन्त्री एवं वाणिज्य एवं उद्योग राज्यमन्त्री हरदीप सिंह पुरीले नेपालका लागि राजदूत पुरीको अनुसन्धान मेहनतप्रति प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्