‘आलम पक्रिनु कांग्रेसविरुद्ध गम्भिर षडयन्त्र हाे’

Sher Bahadur Deuwa
रासस न्यूज

काठमाडौं, १ कात्तिक। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गरी सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको बताएका हुन्।

कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिए। जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए।