काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमूख र उपप्रमूखलाई कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिएका छन्। पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा काम गरिराखेका प्रमूख र उपप्रमूखलाई यस्तो निर्देशन दिएका हुन्।
भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज सुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउन आग्रह गरे।
कम्युनिष्टहरूले जितेका स्थानीय तहमाभन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्ने देउवाको भनाइ थियो। जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेरे देखाउनु पर्ने बताए।



लाेकपाटी न्यूज

