काठमाडौं, १ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरबारे आफूलाई नसोध्न आग्रह गरेका छन्।
आज सुदूरपश्चि प्रदेश पत्रकारसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने गरेको बताए।
यो कुरा प्रधानमन्त्रीको क्षेत्रधिकार भित्रको कुरा हो। उहाँले जे सोच्नु हुन्छ त्यही हुन्छ’ प्रचण्डले भने । प्रचण्डले भने, ‘पार्टी अध्यक्ष म पनि हो मसँग प्रधानमन्त्रीले सल्लाह गर्नुहुन्छ।
तर अहिले मिडियामा आएको जस्तो यो जाने भयो रे, यो आउने भयो रे भन्ने भएकै छैन ।’ मन्त्रिमण्डल हेरफेर गर्ने बारेमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र आफ्नाबीच कुनै चर्चा नभएको दावी गरे।



लाेकपाटी न्यूज

