काठमाडौं, १ कात्तिक । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको छ। भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको यो दक्षिण एसियाकै पहिलो अन्तरर्देशीय पाइपलाइन हो।
नेपाल र भारतबीचको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको हो। पाइपलाइनको पूर्ण सञ्चालनसँगै भारतीय आयल निगमको बरौनी, बैतलापुर, मुगलसराई, गोडालगायतका डिपो तथा रिफाइनरीबाट डिजेल आयात रोकिएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले गत भदौ २४ गते पाइपलाइनको सयुक्त उद्घाटन गरेका थिए। त्यस दिनदेखि २९ असोजसम्ममा चार करोड ६० लाख लिटरभन्दा बढी डिजेट आयात भएको छ।
यसरी आयात गर्दै कत्ति पनि चुहावट भएको छैन। भण्डारण समस्याले गर्दा हाल पाइपलाइनबाट डिजेल मात्रै आयात गरिएको छ। पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगरलगायत देशभरका निगमको डिपोमा माग भएअनुसार नै उपलब्ध गराइएको निगमले जानकारी दिएको छ।



लाेकपाटी न्यूज

