तम्घास, १ कात्तिक। गुल्मीमा आफ्नै १३ बर्षिय छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
बाबुले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए।
पीडितकी आमाले प्रहरीमा जायरी दिएपछि पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्ति करणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए। बाबु छोरीकै नाम गोप्य राखी जबरजस्ती करणीको मुद्धा चलाइएको प्रहरी उपरीक्षक खड्काले बताए।



रासस न्यूज

