एनआरएनए मतगणनास्थलमा हंगामा !

nrn-chunab
लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक। विभिन्न विवादकाबीच सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावपछि पनि मतगणनास्थल बाहिर हंगामा भएको छ ।अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएकोमा उनका समर्थकले हंगामा मच्चाएका हुन् ।

उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो । झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो ।

पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा कार्यमा ढिलासुस्ती देखिएकाे छ। राती अबेरसम्म अन्तिम मतपरिणाम आइसक्ने अपेक्षा गरिए पनि विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन ।

गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ । निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र कांग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्