काठमाण्डौं, ३० असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन्।
आज काठमाडौंमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारको नेतृत्व पुरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने बताए। नेता शर्माले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने भनाई थियो।
नेता शर्माले सरकारको नेतृत्वमा ओली र प्रचण्डबीच आलोपालो हुने चर्चा भैरहेको बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गरे। नेता शर्माले मन्त्रिपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको बताए।



लाेकपाटी न्यूज

