एनआरएनए चुनाव : मतदानमा धाँदली भन्दै फेरि विवाद

nrn-chunab
लाेकपाटी न्यूज

काठमाडौं, ३० असाेज। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतदानमा धाँदली भएको भन्दै फेरि विवाद भएको छ । फर्जी मत खसेको दाबी गर्दै केही प्रतिनिधिहरुले विरोध गरेपछि उक्त विवाद शुरु भएको हो ।

नक्कली परिचय पत्र बनाएर मतदान गरिएको भन्दै केही उम्मेदवार र प्रतिनिधिहरुले अहिले मतदान स्थलमा विरोध प्रदर्शन गरिरहेका छन् ।

एनआरएनए अध्यक्षका प्रत्यासी कूल आचार्य प्यानल समूहका प्रतिनिधिहरुले स्वच्छ रुपमा मतदान गर्ने व्यवस्था नभएसम्म बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । निर्वाचन गतिविधि निगरानी गर्न सीसी क्यामेरा जडान गरिएकोमा अहिले बन्द गरिएको भन्दै प्रतिनिधिहरुले शंकास्पद क्रियाकलाप भएको आरोप लगाएका छन् ।

अहिले भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान जारी छ । गएराति विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु भएलगत्तै प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्