काठमाडौं, २९ असोज। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले कुनै पनि नेपाली शहरको विकास गौरव गर्न लायक नभएको बताएका छन्।
नेपाल तिव्र शहरीकरण भैरहेको देश हो, नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै भने, ‘व्यवस्थित शहरीकरण आजको अपरिहार्यता भएता पनि, नेपालमा शहरीकरणको योजना गर्दा यसको बहुआयामिक पक्षलाई ध्यान नदिनाले शहरहरु कुरुप हुँदैछ।’
उनले शहर भित्रका खोलानाला, वायु, खानेपानी, उद्यान,फोहोर व्यवस्थापन, अपङ्गता मैत्री पूर्वाधार जस्ता वातावरणी पक्ष दयनीय अवस्थामा देखिएको बताए।काठमाडौंबाट सुरु भएको अव्यवस्थित शहरीकरण देश व्यापी रुपमा विस्तार भयो।
यथासक्य चाडो शहरी वातावरणको सुधार गरी, व्यवस्थित शहरीकरणको रुपम विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो। विश्वसामु सुन्दर देश नेपालको परिचय कायम राख्न वातावरणको पक्षलाई ध्यान दिन जरुरी रहेको बताएका छन्।



लाेकपाटी न्यूज

