यस्तो छ सार्क शिक्षामन्त्रीहरुको १० बुँदे घोषणा

pic
लाेकपाटी न्यूज

काठमाडौं, २९ असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उच्च शिक्षाको सुधार र गुणस्तरका लागि साझा प्रयास आवश्यक पर्ने वताएका छन्।

माल्दिभ्सको राजधानी मालेमा बिहीबार सम्पन्न सार्क स्तरीय शिक्षा मन्त्रीहरुको तेस्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले गुणस्तर शिक्षाका लागि साझा प्रयास आवश्यक पर्ने वताएका हुन्।

मन्त्री पोखरेलले नेपालले संविधानमा भएको शिक्षा सम्वन्धी अधिकार, साक्षरता अभियान, सार्वजनिक शिक्षालयहरुको रुपान्तरण दशकका विषयमा अघि सारेका नीतिगत विषय र अनिवार्य तथा नि:शुल्क शिक्षासम्वन्धी ऐनले गरेको व्यबस्थाको विषयमा चर्चा गरेका थिए।

दक्षिण एशियाको विवधताको विषय उल्लेख गर्दै मन्त्री पोखरेलले इञ्चोन घोषणा यताका करीव चार वर्षमा भएका प्रविधिक अभ्यास र छलफलका उपलब्धिहरुको प्रसंशा गरे। उनले आगामी दिनमा शिक्षाका साझा सवालमा सामूहिक प्रयासमा नेपाल निरन्तर लागि रहने प्रतिवद्धतासमेत जनाए।

मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियानसहित शिक्षामा नेपालले चालेका सुधारका प्रयत्नहरुको विषयमा चर्चा गरे। मन्त्री पोखरेलले आगामी सार्क शिक्षा मन्त्रीहरुको चौथो बैठक नेपालमा गर्ने प्रस्ताव सार्क मन्त्रीस्तरीय बैठकले सर्वसम्मतले अनुमोदन गरेको छ। समय तालिका भने सार्क सचिवालयसँग समन्वय गरेर तय हुने छ।

बैठकले दिगो विककास का लागि सार्क राष्ट्रहरुको कार्यढाँचा लाई पनि अनुमोदन गरेको छ। सार्क शिक्षा मन्त्रीहरुकोे बैठकले १० बुँदे माले घोषणा पत्र जारी गरेको छ। यो घोषणा पत्रमा सर्बव्यापी प्राथमिक शिक्षा,  शिक्षामा सबै प्रकारका लैङ्गिक विभेदको उन्मुलन, सबै तहको शिक्षामा गुणस्तर सुधार लगायतका विषयमा पुनःप्रतिवद्धता जाहेर गर्दै दिगो विकासको लक्ष्य ४ अर्थात् सन् २०३० सम्मको शिक्षाका लक्ष्यहरुको प्राप्तिका लागि सार्क सदस्य राष्ट्रहरुबीचको सहकार्यलाई सुदृढ वनाउँदै सार्क फ्रेमवर्क फर एक्सनलाइ प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने कुरा उल्लेख गरिएको छ।

सार्क मन्त्रीस्तरीय बैठकको पूर्वसन्ध्यामा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष र सो सरहका पदाधिकारीहरुको प्राविधिक बैठक ९ अक्टोवरमा मालेमा नै सम्पन्न भएको थियो। यो बैठकले सार्क फ्रेमवर्क फर एक्सनलाइ अन्तिम रुप दिइ आवश्यक निर्णयका लागि मन्त्रीस्तरीय बैठकमा पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्