पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

pashupati_mandir
लाेकपाटी न्यूज

काठमाडाैं, २९ असाेज। पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ ।

यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलो मात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो ।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानविन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्