राष्ट्रपति सीको स्वागतमा एक करोडको फूल प्रयाेग

President-xi-jingping
लाेकपाटी न्यूज

काठमाडौं, २८ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि एक करोड रुपैयाँ बराबरको फूल प्रयोग भएको फ्लोरीकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष कुमार कसुजु श्रेष्ठका अनुसार तीनकुने पार्क सजावटको लागि मात्र काठमाडौं महानगरले २६ लाख खर्च गरेर पुष्प तथा बोटविरुवा खरिद गरेको थियो । त्यसैगरी विमानस्थलदेखि तीनकुनेसम्मको सजावटको लागि ५० लाखलगायत अन्य सबै ठाउँको सजावट गरेर एक करोड मूल्य बराबरको फूल प्रयोग गरिएको हाे।

पाहुनाको स्वागतको लागि पुष्पको प्रयोग गरेर सरकारले पुष्प व्यवसायीहरुलाई हर्षित बनाएको समेत श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्