‘नेपाल निर्माण गर्ने महाअभियानमा लगानी गरौं’

Bidhya Devi Bhandari
लाेकपाटी न्यूज

काठमाडौं, २८ असोज। राष्ट्रपति विद्यादेवि भण्डारीले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्।

आजबाट काठमाडौंमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै व्यक्तिगत तथा सामूहिक लगानी समग्र नेपाल निर्माण गर्ने महाअभियानमा लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरेकी हुन्।

गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवं अनुकूल वातावरण बनेको बताइन्। ‘नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रमहरु ‘समृद्ध नेपालः सुःखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित छ,’ राष्ट्रपति भण्डारीले भनिन्,

‘नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैरआवासीय नेपालीहरुलाई हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्