काठमाडौं, २८ असोज। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ।
जिल्ला अदालत काठमाडौंमा लगिनु अघि महरालाई आज जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयबाट महरालाई अदालत लगिएको छ।
उनीमाथि थप अनुसन्धानका लागि म्याथ थपको माग गर्ने तयारी गरिएको छ ।गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराइएको हो जानकारी दिएको हो।
दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको हो । महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ।
महिलामाथि गरेको यो दुव्र्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामूख पदबाट राजीनामा दिएका थिए।



लाेकपाटी न्यूज

