उपसभामूखलाई राजीनामा गराउने तयारी

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडाैं, २८ असाेज। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।

ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामूख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामूखलाई राजीनामा गराउन लागेको हो । सभामूख र उपसभामूख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्