काठमाडाैं। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गकाे इजाजत प्राप्त राष्ट्रिय स्तरकाे कार्यक्षेत्र भएकाे एनएमबी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी मागेकाे छ। संस्थाले गत असाेज २४ गते विज्ञापन प्रकाशित गरी साे पदका कर्मचारी माग गरेकाे हाे।
संस्थाले वरिष्ठ प्रबन्धक एक जना, अनुगमन अधिकृत(कनिष्ठ), शाखा प्रबन्धक (सुपरभाइजर/ वरिष्ठ सहायक/सहायक), कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेकाे छ।
इच्छुक व्यक्तिले विज्ञापन प्रकाशित भएकाे मितिले १५ दिनभित्र व्यक्तिगत विवरण (CV)काे साथमा संस्थाकाे केन्द्रीय कार्यालयसँग सम्पर्क गर्नुपर्ने कुरा विज्ञापनमा उल्लेख छ। उक्त पदमा दरखास्त दिनकाे लागि +२ पास गरेकाे हुनुपर्नेछ।




लाेकपाटी न्यूज

