धरानबाट पेस्तोलसहित राउत पक्राउ

pakrau
लाेकपाटी न्यूज

काठमाडौं,२७ असोज। प्रहरीले धरानको आचार्य लाइनबाट पेस्तोल र ठूलो परिणाममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ घर भइ धरानमा डेरा गरेर बस्ने २३ वर्षका निरजकुमार राउत छन्।

इलाका प्रहरी कार्यालय, इटहरीले विशेष सूचनाका आधारमा चलाएको अपरेशनका क्रममा उनी हतियारसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनको कोठाबाट एउटा ठूलो चाइनिज पेस्तोल, म्यागजिन, १३ राउण्ड गोलीसहित डाइलेक्स औषधि एक सय एमएलको २२५ बोतल, खैरो हेरोइन ७ ग्राम, नाइट्रोसन ६ सय ४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुललगायत बरामद भएको छ।

राउतको साथबाट नगद ११ हजार रुपैयाँसहित लागूऔषध तौल गर्ने डिजिटल मेसिन पनि बरामद भएकाले प्रहरीले उनी लागूऔषध बिक्री गर्ने डिलर भएको आशंका गरेको छ। थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्