काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आज पनि निरन्तरता दिने भएका छन्।
हिजो नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आज नेकपा नेताहरूसँग भेटवार्ता गर्दैछन्।
नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको नेकपाका एक नेताले बताए। प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ।
नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ। नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। सी र प्रधानमन्त्री ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ।
द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ। द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ।



लाेकपाटी न्यूज

