स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गइरहेको छ। बच्चा देखि वृद्धसम्म सबै सेल्फी खिच्न मन पराउँछन्। विश्वभर एक दिनमा ९३ मिलियन जनसंख्या सेल्फी लिन्छन्। सेल्फी लभर्सहरु जुनसुकै ठाउँमा पनि सेल्फी खिचिरहेका हुन्छन् र उनीहरु उत्कृष्ट सेल्फी तस्विर लिन प्रयास गरिरहेका हुन्छन्।
यहाँ केही टिप्सहरु छन्, जसले तपाईलाई उत्कृष्ट सेल्फी खिच्न सहयोग गर्छन्।
१. क्यामरातर्फ नहेर्ने : सुन्दा अचम्म लाग्न सक्छ तर सेल्फी एक्पर्टहरु भन्छन् क्लासिक क्यान्डिट फोटो लिनका लागि क्यामरातर्फ हेर्नुहुँदैन। सबैभन्दा धेरै झन्झट यहीं हुन्छ। तपाई सिधै क्यामेरा तर्फ हेर्नुहुन्छ भने फोटो पोज त्यति राम्रो हुँदैन। यसमा अनुहारको एक्सप्रेसन राम्रो देखिँदैन।
२. माथिबाट सेल्फी नखिच्ने : धेरै मानिसहरु माथिबाट सेल्फि लिने गर्छन्। हात टाढा लगेर फोटो लिँदा त्यति राम्रो लाग्दैन । त्यसैले सेल्फी खिच्दा क्यामराको लेभललाई सन्तुलित बनाउनुपर्छ।
३. बीचमा नबस्ने : सेल्फी लिँदा आफु कहिले पनि बीचमा नबस्नुहोस्। फोटो फ्रेममा आफूलाई थोरै दायाँ बाँया राख्नु पर्छ।
४.सेल्फी स्टिक नदेखाउने : सेल्फी लिँदा फोटोमा सेल्फी स्टिक आएको राम्रो देखिँदैन। त्यसैले सेल्फी स्टिक नआउने गरी सेल्फी खिच्नुपर्छ।
५. क्यामरा बटनबाट बच्ने : सेल्फी लिईरहेको समयमा तपाईले स्क्रीनमा भएको क्यामरा बटनलाई थिच्न निकै मुस्किल हुन्छ। यसमा विशेषत फोटो हल्लिने डर हुन्छ, यसमा तपाईले सेल्फी टाइमरलाई प्रयोग गर्न सक्नुहुन्छ।
६. जुम : सेल्फी खिच्ने समयमा मोबाइलमा भएको डिजिटल जुमबाट बच्नुपर्छ। यस जुमले फोटो क्वालिटी घटाउँछ।
७. व्युटि फिल्टर नराख्ने : सेल्फीमा ब्युटी फिल्टरको प्रयोग गर्नुहुँदैन। यसले फोटो विगार्छ। यसभन्दा उपयुक्त सेल्फीमा भएको लाइटको प्रयोग गर्नुपर्छ।



लाेकपाटी न्यूज

