हिरासतमा रहेकी साह आफ्नो कार्यकर्ता नरहेको समाजवादी पार्टीको दावी

sunita_sah_
लाेकपाटी न्यूज

काठमाडौं, २५ असोज। समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीले साह पार्टीको कुनै पनि पदमा नरहेको दाबी गरेको छ।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणको क्रममा प्रदर्शन गर्ने आशंकामा सुनिता साहलाई प्रहरीले पक्राउ गरेको थियो। शाह पक्राउ परेपछि सो पार्टीले साह पार्टीको कुनै पनि पदमा नरहेको दाबी गरेको हो।

सप्तरीका प्रहरीले उनलाई असोज २४ गते उनकै निजी निवासबाट पक्राउ गरेको थियो। उनी समाजवादी पार्टी प्रदेश २ कार्यसमितिका सदस्य रहनुका साथै अन्तरमहिला सञ्जाल सप्तरीका अध्यक्ष पनि हुन्।

तर समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले आज एक विज्ञप्ति जारी गरी प्रहरी हिरासतमा रहेकी साह हाल पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छन्।