आजको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, २५ असोज। नेपालमा मौसममा सुधार आएको छ। मनसुनको न्यून चापिय प्रणााली बंगलादेश तथा आसपासका क्षेत्र तिर रहेकाले नेपालमा मौसममा सुधार आएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ। तराईमा मौसम सफा रहनेछ।साँझ पहाडमा आंशिक बदली रहेपनि देशका बाँकी भागमा मौसम सफा रहनेछ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ। तराईका भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने र तराईका भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्