चिनियाँ राष्ट्रपतिलाई रात्रीभोज, यस्ता छन् परराष्ट्र मन्त्रालयको सात बुँदे शर्त

See-Jinping
लाेकपाटी न्यूज

काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङलाई राष्टपति विद्यादेवी भण्डारीले भोलि साँझ होटल सोल्टीमा रात्रीभोज दिन लागेकी छिन्। राष्ट्रपतिको आयोजनामा हुन् लागेको रात्रीभोजको सम्पूर्ण व्यवस्थापनको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ।

भोजका लागि परराष्ट्रले सहभागीलाई निम्तो कार्ड पठाइसकेको छ। भोजमा सहभागी हुने नेपालीलाई ७ बुँदे शर्त राख्दै नियमभित्र वस्नुपर्ने शर्त पनि पहिले नै पठाइसकेको छ । भोजका लागि निम्ता पाए पनि सहभागी हुने नहुने पनि पहिले नै जानकारी दिनुपर्ने, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने देखि तस्विर लिन नपाउने सम्मका शर्त परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमै उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयको सातबुँदे शर्त

१. पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना वाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने।

२. सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने।

३. सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।

४. मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने।

५. प्रमूख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफूले शुरु गर्नुपर्ने।

६. सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमूख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने।

७. पाहुनालाई प्राथमिकता दिनु पर्ने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्