कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको जाहेरी

लाेकपाटी न्यूज

काठमाडौं । सभामुखको पदमा हरेका बेला यौन दुर्व्यवहार गरेको भन्दै कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ। महराविरुद्ध संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहारको जाहेरी प्रहरीमा दर्ता गरेकी हुन्।

शाहीले शुक्रबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दर्ता गरेकी हुन्।

महराले आइतबार १३ असोजमा आफ्नो कोठमा आएर यौन दुर्व्यवहार गरेको शाहीले आरोप लगाएकी छन्। तर उनले बोली फेर्दै महराले आफूमाथि कुनै दुर्व्यहार नगरेको पनि अभिव्यक्ति दिएकी थिइन। उनले आफू डिप्रेसनको बिरामी भएकाले आफूले के बोलेको भन्नेबारे केही थाहा नभएको बताएकी थिइन्।

उनको स्वास्थ्य परीक्षण पनि गरिएको छ। सुरुमा उनले स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेकी थिइन्। उनको शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रहरीले उक्त प्रकरणमा अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्