भिडियाे कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी प्रमूखलाई महानिरीक्षक खनालकाे निर्देशन

Sarbendra Khanal-Nepal police
लाेकपाटी न्यूज

काठमाडौं, १६ असोज  । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गण्डकी प्रदेश तथा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमूखहरु तथा ती प्रदेश मातहतका १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमूखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बिहीबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन्।

साथै प्रहरी महानिरीक्षक खनालले १,२ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमूखहरु तथा ती प्रदेश मातहत ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमूखहरुलाई पनि बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका थिए।

चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि उनले उक्त निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्