डीभी भर्नुपूर्व निम्न कागजातहरु तयार गर्नुहोस्

usa-dv
लाेकपाटी न्यूज

काठमाडौं, १६ असोज। अमेरिकी विदेश मन्त्रालयले यो वर्षका लागि डाइभर्सिटी भिसा अर्थात डीभि आवेदन खुल्ला गरेको छ। यो डीभी चिठ्ठा आगामी २०२१ सालका लागि घरमै बसेर निःशुल्क आवेदन दिन सकिन्छ।

यदि तपाईंले १२ कक्षा वा सो सरहकोे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको हुनुहुन्छ र १८ वर्ष पुगेको भए डीभी भर्न योग्य हुनुहुन्छ। उक्त शिक्षा नभए तपाईँसँग विगत पाँच वर्ष्भित्र कम्तिमा दुई वर्षको काम गरेको अनुभव हुनु पर्दछ,, तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण गर्न अमेरिकी श्रम मन्त्रालयको O*Net OnLine मा हेर्न सकिन्छ ।

डीभी २०२१ को आवेदन दिन यो लिंकमा क्लिक गरी सन् २०१९ अक्टोबर २ तारिख बुधबार बाट २०१९ नोभेम्बर ५ तारिख मंगलबार सम्ममा डीभी भरिसक्नु पर्ने हुन्छ ।
तपाईंले आफ्नो व्यक्तिगत वा आश्रित परिवारको पनि आवेदन दिन सक्नु हुन्छ । यसका लागि कुनै शुल्क लाग्दैन्।

डीभी भर्न अघिल्ला वर्षहरु भन्दा यसपालि केही नियम परिवर्तन भएका छन्। यसपाली तपाईंसँग डीभी भर्न अनिवार्य रुपमा राहदानी नम्बर भएको हुनु पर्दछ।
पासपोर्ट बनाउनु भएको छैन भने तपाईंले आवेदन दिन सक्नु हुन्न।

डीभी भर्नु पूर्व निम्न कागजातहरु तयार गर्नुहोसः

. मुख्य आवेदकको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी सङ्ख्या, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी र तपाईको इमेल ठेगाना ।

२. फोटोहरू-आफ्नो, आफ्नो पतिरपत्नी तथा आवेदनमा उल्लेखित सबै सन्तानको पछिल्लो ६ महिनाभित्र खिचिएको फोटो । यस्तो फोटो फोकस मिलेको, रङ्गिन हुनको साथै सादा सेतो वा हल्का रङ्गको पृष्ठभूमिमा खिचिएको ।

अमेरिकी भिसा आवेदनका लागि चाहिने २/२ इन्चको डिजिटल फोटो । फोटा आफैं खिच्न सकिन्छ जसका लागि JEPG फरम्याटमा २४० पद साईजको ६०० पिक्सेलमा लम्बाई चौडाई बराबर भएको हुनु पर्दछ । स्क्यान गरेर पनि यहि साईजमा बनाउन सकिन्छ ।

सानो बच्चाको फोटो लिनुपरेमा आँखा खुला बनाई सादा सेतो वा हल्का तन्नामा पिठ्युँ पछाडि पारेर सुताउनुहोस्। यसले गर्दा बच्चाको टाउकोलाई आड पुग्छ र फोटोको लागि सादा पृष्ठभूमि पनि सुनिश्चित हुन्छ । आफूसँग भएको फोटोको सहि साईज मिलाउन यँहा क्लिक गरी फोटो टुल प्रयोग गर्नुहोस् ।

३. चिठी पठाउन, नाम, ठेगाना , शहररगाउँरजिल्लारदेशरप्रान्तरराज्य, हुलाकी कोडरजिप कोड र देश माथि उल्लेखित सामाग्रि तयार भएपछि डीभी कार्यक्रमको आधिकारिक वेभसाइट www=dvlottery=state=gov मा गएर ई–डिभी आवेदन फारम भर्नुहोस्। फाराम भर्न शुरु गरेपछि पुरा गर्नु पर्ने हुन्छ, अन्यथा तपाईको आवेदन पुरा हुँदैन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार तपाईँलाई “भिसा कन्सल्टेन्ट,” “भिसा एजेन्ट” वा अन्य व्यक्तिमार्फत् आफ्नो आवेदन आफैं भर्नुहोस्। कसैको मद्दत लिँदै हुनुहुन्छ भने आवेदन भर्ने समयमा तपाईँ साथमा उपस्थित हुनु पर्दछ । आवेदन प्रक्रिया पुरा भएको “कन्फर्मेशन पेज” र आफ्नो “युनिक कन्फर्मेशन नम्बर” प्राप्त गर्न सक्नुहुनेछ ।आवेदन दर्ता गरेपछि तपाईँले एक “कन्फर्मेशन स्क्रिन” देख्नुहुनेछ जसमा तपाईँको नाम र युनिक कन्फर्मेशन नम्बर हुन्छ।

आफ्नो अभिलेखको लागि उक्त “कन्फर्मेशन स्क्रिन” लाई प्रिन्ट गर्नुहोस् । तपाईँले आफ्नो कन्फर्मेशन पेज र आफ्नो युनिक कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यन्त जरुरी छ किनभने सो बिना तपाईँले आफ्नो आवेदन कुन प्रक्रियामा छ भनी अनलाइनमार्फत हेर्न सक्नुहुन्न।

सन् २०२० मे ५ देखि तपाईँले आफ्नो आवदेनको नतिजा हेर्न सक्नुहुन्छ। त्यसको लागि www=dvlottery=state=gov मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (भ्लतचबलत क्तबतगक ऋजभअप) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी राखि आफू डिभी–२०२१ का लागि छनोट भए नभएको पत्ता लगाउन सकिन्छ ।

छनोट भएको अवस्थामा आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ। एक पटक भरिसकेपछि पुनः भर्नु जरुरी छैन र यसले डीभी पर्ने सम्भावनालाई बढाउँदैन्।

विवाहित सन्तान र तपाईंले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुँदैनन्। डीभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा मुख्य आवेदक डीभीको लागि अयोग्य भई भिसा नपाउने सम्भावना रहन्छ।

अमेरिकी विदेश मन्त्रालयले तपाईँ डीभी कार्यक्रमका लागि छनोट हुनुभयो भनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन। डीभीको आवेदन दिँदा हाल सम्म हासिल गरेको शिक्षा, वर्तमान वैवाहिक अवस्था, छोराछोरीको संख्या र तपाईँका २१ वर्ष मुनिका अविवाहित छोराछोरीको संख्या बारे उल्लेख गर्नु पर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्