मौसम पूर्वानुमान : यी ठाउँमा वर्षाको सम्भावना

mausam-1
लाेकपाटी न्यूज

काठमाण्डौं, १५ असोज। बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ भने केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताए।

देशको पश्चिमी भूभागमा सामान्य बदली, मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

पश्चिमी तथा पूर्वी पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ। बिहीबार र शुक्रबारको मौसम पनि यस्तै रहने मौसमविद्को अनुमान छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्