अब एकल पुरुषलाई पनि भत्ता

paesa
लाेकपाटी न्यूज

काठमाडौं, १५ असोज। एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ। हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको हो।

पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ। एकल पुरुष महिला दुबैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमूख निमाग्याल्जेन शेर्पाले बताए। ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्य्विधि बनाएका छौं,’ उनले भने ।

स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको बताए। झन्डै १८ हजार जनसंख्या भएको गाउँपालिकामा हेलम्बु, किउल, पाल्चोक, इचोक र महांकाल गरी ७ वडा छन्। ‘एकल महिलासँगै पुरुषको अवस्था दुःखलाग्दो देखिएपछि पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौं।’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्