चितवन, १३ असोज। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपा कांग्रेसका विरुद्ध गुण्डाराजको शैलीमा उत्रन थालेको आरोप लगाएका छन्।
कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको भन्दै उनले कांग्रेसविरुद्ध उत्रिनेहरु समाप्त भएर गएको बताए।
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘नेकपाका हतियारधारी कार्यकर्ताहरुले बाँके कांग्रेसकी सभापतीको हात भाँचिदिए।
तनहुँमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र धुव्र वाग्लेमाथि आक्रमण गरे। यही चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरे। शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन, तर एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउने कि नपाउने ? ’ कुनै पनि नेपाली नागरिक, पार्टीका कार्यकर्ता र नेतामाथिको आक्रमण कदापि सहृय नहुने कोइरालाको भनाइ थियो।



लाेकपाटी न्यूज

