मौसम पूवार्नुमान : यी क्षेत्रमा मेघगर्जनसहित चट्याङको सम्भावना

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, १३ असोज। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन सामान्य वर्षा हुनसक्ने जनाएको छ। देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ।

विभागका अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणाली अवदाब मा परिवर्तित भएको छ। भारतको उत्तर प्रदेशमा रहेको न्यून चपीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू-भागमा रहेको छ। यि दुई प्रणालीका कारण नेपाल मा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको मौसमविद्हरुले बताएका छन् ।

जसका कारण हाल देशका पूर्व र मध्य भू-भागमा सामान्य देखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ। आज दिउँसो देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

पूर्व र मध्यका एकरदुई स्थानमा मेघगर्जन सहित चट्याङ्गको सम्भावना छ। राति देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्